निर्वाचनमा खटिने आयुक्त, सचिव र सहसचिवलगायतका कर्मचारीको सेवा–सुविधा तोकियो - Chaitanya News
  • 2026-04-28
  • 10:16:22
  • मंगलबार,बैशाख १५, २०८३
  • निर्वाचनमा खटिने आयुक्त, सचिव र सहसचिवलगायतका कर्मचारीको सेवा–सुविधा तोकियो

    निर्वाचनमा खटिने आयुक्त, सचिव र सहसचिवलगायतका कर्मचारीको सेवा–सुविधा तोकियो

    काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने आयुक्त, सचिव र सहसचिव तथा सुरक्षाकर्मीहरूको सेवा–सुविधा निर्धारण गरेको छ।

    आज (बुभबार) आयोगले कार्यविधि जारी गर्दै निर्वाचन आयुक्त, पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीहरूका लागि विभिन्न सुविधा तोकेको हो।

    कार्यविधिअनुसार निर्वाचन आयुक्तले सञ्चार सुविधाबापत प्रतिमहिना दुई हजार पाँच सय रुपैयाँ पाउनेछन्। त्यस्तै, सचिवले दुई हजार, सहसचिवले एक हजार पाँच सय, उपसचिवले एक हजार र शाखा अधिकृतले पाँच सय रुपैयाँ सञ्चार सुविधा प्राप्त गर्नेछन्।

    खाजा खर्चतर्फ आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरूले प्रतिदिन तीन सय रुपैयाँ पाउने व्यवस्था गरिएको छ। साथै, बिदाको दिन खाना खर्चबापत पाँच सय रुपैयाँ उपलब्ध गराइनेछ।

    आयोगले निर्वाचन आयुक्तदेखि सुरक्षाकर्मीसम्मलाई तलब बराबरको भत्ता प्रदान गर्ने व्यवस्था पनि गरेको छ। कार्यविधिअनुसार आयुक्त, कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन सुरक्षा समितिका पदाधिकारीहरूले भत्ताबापत एक महिनाको तलब बराबर सुविधा पाउनेछन्।