पाँच उपसचिव सहसचिव पदमा बढुवा सिफारिस, को–को परे ?  हेर्नुहोस नाम - Chaitanya News
  • 2026-04-28
  • 10:16:21
  • मंगलबार,बैशाख १५, २०८३
  • पाँच उपसचिव सहसचिव पदमा बढुवा सिफारिस, को–को परे ?  हेर्नुहोस नाम

    पाँच उपसचिव सहसचिव पदमा बढुवा सिफारिस, को–को परे ?  हेर्नुहोस नाम

    काठमाडौँ– बढुवा समितिको सचिवालयले पाँच जना उपसचिवस्तरका कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।

    आज (बुधबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो।

    बढुवा समितिको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत विभिन्न उपसमूहमा ५ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश भएका छन्।

    बढुवा सिफारिस भएका उम्मेदवारहरूमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (जनरल उपसमूह) का गौरी कुमार श्रेष्ठ, वैकुण्ठ अर्याल र रामकुमार श्रेष्ठ रहेका छन्। यसैगरी नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (हाइवे उपसमूह) तर्फ राजेश प्रसाद पौडेल र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (बिल्डिङ एन्ड आर्किटेक्चर उपसमूह) तर्फ झप्पर सिंह विश्वकर्मालाई बढुवा सिफारिस गरिएको हो।