राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त - Chaitanya News
  • 2026-05-07
  • 01:10:50
  • बुधबार,बैशाख २३, २०८३
  • राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

    राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

    काठमाडौँ– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेको छ।

    अिजो (मंगलबार) आयोगको बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहीँ पुस १५ गतेबाट लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो।

    नियुक्त भएका निर्वाचन अधिकृतले यहीँ पुस १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।