निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी भएको वर्षमान पुनको दाबी - Chaitanya News
  • 2026-05-07
  • 01:09:57
  • बुधबार,बैशाख २३, २०८३
  • निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी भएको वर्षमान पुनको दाबी

    निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी भएको वर्षमान पुनको दाबी

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले ‘निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी भएको बताएका छन् ।

    आज (मंगलबार) काठमाडौँमा शहीद स्मृति स्पोर्टस एकेडेमीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले युवाले देशको नेतृत्व गर्ने बेला अएको बताएका हुन्।

    यस्तै उनले भने जेन जेड आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेका छन्। युवाहरूले आफूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरूको अनुभवलाई लिएर आफूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए।

    नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताएका छन्।

    ‘पचास प्रतिशतभन्दा बढी युवाहरू हाम्रो पार्टीको तर्फबाट प्रतिस्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ’ उनले भनेका छन्, ‘बढीभन्दा बढी युवाहरू आगामी निर्वाचनमा प्रतिस्पर्धामा आओस् र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना छ।’