१४ जना निजामती कर्मचारी सहसचिव पदमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-06-25
  • 17:55:43
  • बिहिबार,आषाढ ११, २०८३
  • १४ जना निजामती कर्मचारी सहसचिव पदमा बढुवा सिफारिस

    १४ जना निजामती कर्मचारी सहसचिव पदमा बढुवा सिफारिस

    काठमाडौँ– बढुवा समितिको सचिवालयले १४ जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।

    आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सचना सार्वजनिक गर्दै ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ।

    बढुवा समितिको सोमबारको निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १२ जना तथा नेपाल लेखापरीक्षण सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश भएका छन्।