बढ्यो सुन र चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-06-13
  • 02:26:46
  • शुक्रबार,जेठ २९, २०८३
  • बढ्यो सुन र चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुन र चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं-  नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

    यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ पुगेको छ।

    त्यस्तै तेजावी सुनको भाउ पनि एक लाख ७ सय पुगेको छ। चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको छ।

    चाँदी प्रतितोला १४ रुपैयाँमा कारोबार भइरहेको छ।