राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नाम पुस १९ गते प्रकाशन हुने - Chaitanya News
  • 2026-06-23
  • 14:45:08
  • मंगलबार,आषाढ ०९, २०८३
  • राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नाम पुस १९ गते प्रकाशन हुने

    राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नाम पुस १९ गते प्रकाशन हुने

    काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नाम यही पुस १९ गते प्रकाशन हुने भएको छ।

    निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ। मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन–रउजुरी माथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

    पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ।

    पुस २४ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता चाहनलेलाई समय दिने, र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

    पुस २८ गते उम्मेदवारले निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन्।

    माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।