मिराज ढुंगानाले भने: वर्तमान सरकारले जेनजीको नेतृत्व गर्न सक्दैन - Chaitanya News
  • 2026-05-07
  • 18:22:34
  • बिहिबार,बैशाख २४, २०८३
  • मिराज ढुंगानाले भने: वर्तमान सरकारले जेनजीको नेतृत्व गर्न सक्दैन

    मिराज ढुंगानाले भने: वर्तमान सरकारले जेनजीको नेतृत्व गर्न सक्दैन

    काठमाडौ‌ं– जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन्।

    आज (आइतबार) संयुक्त जेनजी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको बताए।

    उनले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए। तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उनको आरोप छ। आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उनले बताए।

    उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका समेत व्यक्त गरे। उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठुलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे।

    उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताए।