एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्डको पहल - Chaitanya News
  • 2026-05-07
  • 13:11:15
  • बिहिबार,बैशाख २४, २०८३
  • एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्डको पहल

    एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्डको पहल

    काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास शुरु गरेका छन् ।

    प्रचण्डले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी माधवकुमार नेपाल र उपेन्द्र यादवसँग ललितपुरको हत्तिबनमा छलफल गरिरहेका छन् ।

    प्रचण्डले माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल गरिरहेका हुन् ।

    जसपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन यस अघि नै सहमति दिदै हस्ताक्षर गरे पनि सरकारमा सहभागी भएको छैन भने एकीकृत समाजवादीले प्रचण्ड प्रधानमन्त्री बन्न नयाँ गठबन्धन बनेको आफुहरुले थाहा नै नपाएको बताएको थियो ।