एमाले ११औँ महाधिवेशनः ३६ जना प्रतिनिधिले हालेनन् भोट, को–को हुन् भोट नहाल्ने ? - Chaitanya News
  • 2026-04-28
  • 14:59:59
  • मंगलबार,बैशाख १५, २०८३
  • एमाले ११औँ महाधिवेशनः ३६ जना प्रतिनिधिले हालेनन् भोट, को–को हुन् भोट नहाल्ने ?

    एमाले ११औँ महाधिवेशनः ३६ जना प्रतिनिधिले हालेनन् भोट, को–को हुन् भोट नहाल्ने ?

    काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

    महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना अनुपस्थित भएका छन्। २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मात्र मतदान हालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए।

    उनले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिए । “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उनले भने, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ।”

    एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरु भएको थियो। एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो।

    यी हुन् मतदान नगर्ने प्रतिनिधि:

    केन्द्रीय कमिटीबाट
    मुकुन्द न्यौपाने
    वसन्त नेम्वाङ
    बालकृष्ण काउछा मगर
    ब्रिजेश गुप्ता
    राजकुमार गुप्ता
    हरिबहादुर राजवंशी
    विभागबाट
    घनश्याम कोइराला
    सन्जीव रोका
    आयोगबाट
    अशोक केसी
    पोष्ट कुमार नेपाल
    प्रदीप प्याकुरेल (सुशील) (उपस्थित भए पनि प्रतिनिधि कार्ड नभएकाले मतदानबाट वञ्चित)
    सरस्वती गौतम
    सतिलाल राजवंशी
    समीर नेपाल
    रचना राजोपाध्याय
    गोल एवम् महाधिवेशन प्रतिनिधिबाट
    अंशु आनन्द– पर्सा

    कृष्णमाया भुजेल– झापा
    राजेन्द्र प्रसाद यादव– पर्सा
    लक्ष्मी यादव– बारा
    शत्रु धन प्रसाद सिंह– सिरहा
    मनोज कुमार गुप्ता– पर्सा
    राजेन्द्र अर्याल (गुल्मी)
    विजय कापर– सप्तरी
    जितेन्द्र चौधरी– महोत्तरी
    तेजकुमार बिक
    पल्लवराज भट्ट– कन्चनपुर
    तिलक रिजाल – दैलेख
    गोमा नेपाली – कालीकोट
    दानबहादुर बिक्र
    बब्लु शिवाकोटी
    असीम कोइराला –प्रवास
    बालुका बेलबासे –प्रवास
    गिरिराज बेलबासे – प्रवास

    मिना पोखरेल – प्रवास
    दिनेश बास्तोला– प्रवास
    सिर्जना नेपाली– प्रवास