नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड - Chaitanya News
  • 2026-06-21
  • 03:06:19
  • शनिबार,आषाढ ०६, २०८३
  • नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड

    नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड

    काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन्।

    हिजो (मंगलवार) आयोजना गरेको नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गरे।

    यस्तै, अर्थमन्त्री खनालले भने विदेशी लगानी भित्र्याउन नेपालले अनुकूल वातावरण सृजना गरेकाले नेपाल र चीनले आर्थिक सहकार्यका विभिन्न क्षेत्रहरू पहिचान गरी सहकार्य गर्नु अपरिहार्य छ।

    नेपालका लागि चीनका राजदूत छन सङले चिनियाँ लगानीकर्ताले नेपालमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै लगेको बताए । उनले दुई देशबीचको बहु आयामिक सम्बन्धको चर्चा गर्दै औद्योगिक विकास, ऊर्जा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेका बताए। साथै उनले नेपाललाई आफ्नो मुलुकबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।