कैलालीबाट एक पदाधिकारीसहित एमालेका नौ जना नेता चुनावी मैदानमा - Chaitanya News
  • 2026-04-28
  • 16:35:46
  • मंगलबार,बैशाख १५, २०८३
  • कैलालीबाट एक पदाधिकारीसहित एमालेका नौ जना नेता चुनावी मैदानमा

    कैलालीबाट एक पदाधिकारीसहित एमालेका नौ जना नेता चुनावी मैदानमा

    काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कैलालीबाट पदाधिकारीसहित नौ जना नेता चुनावी मैदानमा उत्रिएका छन्।

    पार्टीको उपमहासचिवमा लेखराज भट्टसहितका नेता चुनावी मैदानमा होमिएका हुन्।

    भट्ट पार्टीका अहिलेका सचिव एवंम् सुदूरश्चिम प्रदेश इन्चार्ज समेत हुन्। भट्टसँगै केन्द्रीय सदस्यमा नादरमुमि राना, गौरीशंकर चौधरी, लीलाकुमारी भण्डारी, कमला ओली, झपटबहादुर रावल, सन्तोशकुमारी शर्मा थापा, द्धारिकाप्रसाद न्यौपाने र डेजी पाण्डे उम्मेदवार रहेका छन्।

    उनीहरू मध्ये उपमहासचिवका उम्मेदवार भट्ट, केन्द्रीय सदस्यका उम्मेदवार लिलाकुमारी भण्डारी, गौरीशंकर चौधरी, कमला ओली र सन्तोशकुमारी शर्मा थापा ओली प्यानलबाट हुन्।

    ओलीको प्यानलमा नसमेटिएपछि कैलाली इन्चार्ज समेत रहेका रानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने झपट रावल, द्धारिका न्यौपाने र डेजी पाण्डे भने ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका छन्।