काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्।
कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।
पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ खेलहरु हुँदैछ। जसमा साउथह्याम्पटन र ब्राइटन, लेस्टर सिटी र न्युकासल युनाईटेड, क्रिस्टल प्यालेस र फुलहम तथा एभर्टन र उल्भ्सबीच प्रतिस्पर्धा हुनेछ।
लिभरपुल र एस्टन भिल्लाबीच राति ११ः१५ मा सुरु हुनेछ। त्यस्तै, आर्सनल र वेस्ट ह्यामबीचको खेल राति १ः४५ मा सुरु हुँदैछ।
प्रिमियर लिगमा आर्सनल ३७ अङ्कका साथ शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी ३२ अङ्कका साथ दोस्रो र न्युक्यासल युनाईटेड ३० अङ्कका साथ तेस्रो स्थानमा रहेको छ। त्यस्तै टोटेनह्याम २९ अङ्कका साथ चौंथो स्थानमा रहेको छ।