आज देशभरको मौसम मुख्यतया सफा रहने - Chaitanya News
  • 2026-05-02
  • 11:20:41
  • शनिबार,बैशाख १९, २०८३
  • आज देशभरको मौसम मुख्यतया सफा रहने

    आज देशभरको मौसम मुख्यतया सफा रहने

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

    यस्तै, आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ। आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    यसैगरी, उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ।