काठमाडौँ– आज (बुधबार) बिहान ११ बजे राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने तय भएको छ । बैठक सिंहदरवारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
बैठकमा आर्थिक वर्ष ०८२–०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्थाको बारेमा छलफल हुने कार्यसुची रहेको छ।