माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त, भोली सपथ - Chaitanya News
  • 2026-05-07
  • 10:51:37
  • बिहिबार,बैशाख २४, २०८३
  • माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त, भोली सपथ

    माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त, भोली सपथ

    काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन्।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए।

    उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीको समर्थन रहेको छ।

    आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।