काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करले श्रमिक–कर्मचारीको दीर्घकालीन सुरक्षाका लागि सामाजिक सुरक्षा कोष स्थापना गरिएको बताएका छन्।
आज (बिहीवार) आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरवारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले योजनामा आबद्धता र निरन्तरता बढाउँदै जनचेतना विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। कोषले श्रमिकको सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्दै श्रम बजारलाई व्यवस्थित बनाउन सहयोग पुर्याइरहेको बताए।