निर्देशक कृष्णदेव र गीतकार भोला नाथको सहकार्यमा तयार राधिकाको चर्चा - Chaitanya News
  • 2026-05-24
  • 19:43:22
  • आइतबार,जेठ १०, २०८३
  • निर्देशक कृष्णदेव र गीतकार भोला नाथको सहकार्यमा तयार राधिकाको चर्चा

    निर्देशक कृष्णदेव र गीतकार भोला नाथको सहकार्यमा तयार राधिकाको चर्चा

    काठमाडौं – नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक गरिएको छ।

    बुधबार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

    परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन्। भोला नाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो। कृष्णदेव रुपाखेतीको निर्देशन तथा पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोमा स्मारिका ढकाल र बद्री प्रसाद तिवारी फिचर्ड छन्।

    राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ। गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे।

    गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो। निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे।

    प्रेम रोमान्सले भरिएको छमछम नचाउने खालको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो।