काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।
यस्तै, आज बिहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।
यसैगरी, महाशाखाका अनुसार, दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।