साउनदेखि कात्तिकसम्म ९२ अर्बको पेट्रोलियम पदार्थ आयात - Chaitanya News
  • 2026-05-02
  • 12:31:45
  • शनिबार,बैशाख १९, २०८३
  • साउनदेखि कात्तिकसम्म ९२ अर्बको पेट्रोलियम पदार्थ आयात

    साउनदेखि कात्तिकसम्म ९२ अर्बको पेट्रोलियम पदार्थ आयात

    काठमाडौँ– चालु आर्थिक वर्षको ४ महिनामा (साउनदेखि कात्तिकसम्म) ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको तुलनामा १८‍.७१ प्रतिशतले बढी हो।

    गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो। कुल आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ।

    ४ महिनामा ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो। यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेल तथा घ्युजन्य वस्तु रहेका छन्।

    ५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

    यसैगरी ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ। २४ अर्ब ४१ करोड ७३ लाख रुपैयाँको मोती, पत्थरजन्य वस्तु आयात भएको छ।

    २१ अर्ब ८९ करोड ३५ लाख रुपैयाँको प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु, १५ अर्ब ७४ करोड १४ लाख रुपैयाँको खाद्यान्न, २२ अर्ब २३ करोड २९ लाख रुपैयाँको फलफूल र तरकारी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।