आजको मौसम: देशभरको मौसम सफा रहने - Chaitanya News
  • 2026-07-16
  • 06:55:40
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम: देशभरको मौसम सफा रहने

    आजको मौसम: देशभरको मौसम सफा रहने

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

    महाशाखाका अनुसार, हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    यस्तै, आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    यसैगरी, आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।