कस्तो रहला आज देशभरको मौसम ? - Chaitanya News
  • 2026-05-02
  • 12:31:36
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ।

    यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, आज कोशी प्रदेशका हिमाली भागका एक– दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।