पितृ उद्धारको कामना गर्दै देवघाट धाममा शतबीज छर्ने घुइँचो - Chaitanya News
  • 2026-07-16
  • 04:34:15
  • बुधबार,आषाढ ३१, २०८३
  • पितृ उद्धारको कामना गर्दै देवघाट धाममा शतबीज छर्ने घुइँचो

    पितृ उद्धारको कामना गर्दै देवघाट धाममा शतबीज छर्ने घुइँचो

    तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शत बीज छर्नेको घुइँचो लागेको छ। मंललवार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छत बीज छरेका हुन्।

    देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छत बीज छर्न आएका हुन्। शत बीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाट धाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए।

    हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शत बीजका रूपमा छर्ने गरिन्छ।