वागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा - Chaitanya News
  • 2026-05-07
  • 09:47:29
  • बिहिबार,बैशाख २४, २०८३
  • वागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    वागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

    नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे पहिलो कार्यकालमै तेस्रो मुख्यमन्त्रीको रुपमा चुनिएका थिए ।

    पाण्डेभन्दा पहिले वागमतीको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्य थिइन् । शाक्यभन्दा पहिले नेकपा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री थिए ।