आजै चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरिने - Chaitanya News
  • 2026-06-13
  • 00:21:37
  • शुक्रबार,जेठ २९, २०८३
  • आजै चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरिने

    आजै चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरिने

    काठमाडौं – चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने तयारी भइरहेको छ ।

    प्रहरी स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् ।

    शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी भइरहको प्रहरीले जनाएको छ ।

    उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जाने बताइएको छ ।