काठमाडौँ – नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तीलप्रसाद श्रेष्ठको इजलाशलाई उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनलाई यसअघि विशेष अदालतले यही मुद्दामा सफाइ दिएको थियो । विशेष अदालतको उक्त निर्णय उल्ट्याउँदै उनलाई सर्वोच्चले दोषी ठहर गरेको हो ।
२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहँदा उनीमाथिअनियमिता गरी मुद्दा मिलाएको आरोपमा भ्रष्टाचार मुद्दा परेको थियो । विशेष अदालतबाट सफाई पाएपछि उनीको बढुवा समेत एको थियो ।
सर्वोच्चले उनीसँगै उक्त मुद्दामा हवल्दार ढकबहादुर गुरुङलाई समेत दोषी ठहर गरेको छ ।