आजको मौसम: देशका अधिकांश भागमा मौसम सफा रहने - Chaitanya News
  • 2026-09-18
  • 21:43:46
  • शुक्रबार,आश्विन ०२, २०८३
  • आजको मौसम: देशका अधिकांश भागमा मौसम सफा रहने

    आजको मौसम: देशका अधिकांश भागमा मौसम सफा रहने

    काठमाडौँ– जल तथा मौसम विभागले हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ।

    यस्तै, आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

    त्यसैगरी विभागका अनुसार, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ।