काठमाडौँ– आज (बिहीवार) दुई वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ ।
जसअन्तर्गत बिहान ११ः१५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची छ । बैठक सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।
यस्तै, दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची तय भएको छ।