आजको मौसम: आज देशभरको मौसम सफा रहने पूर्वानुमान - Chaitanya News
  • 2026-07-16
  • 06:55:57
  • बिहिबार,आषाढ ३२, २०८३
  • आजको मौसम: आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आजको मौसम: आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ– जल तथा मौसम विभागले हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ।

    यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ।

    त्यसैगरी, विभागका अनुसार, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ।