आज विश्व निमोनिया दिवस मनाइँदै - Chaitanya News
  • 2026-06-26
  • 03:30:56
  • बिहिबार,आषाढ ११, २०८३
  • आज विश्व निमोनिया दिवस मनाइँदै

    आज विश्व निमोनिया दिवस मनाइँदै

    काठमाडौँ– हरेक सासको सुरक्षाः सबैका लागि बलियो फोक्सो भन्ने नमराका साथ आज विश्व निमोनिया दिवस मनाइँदैछ।

    निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो।

    निमोनिया फोक्सोको संक्रमणबाट हुने रोग हो। जसमा फोक्सोका कोषहरु सुनिन्छन र स्वास प्रश्वासमा समस्या आउने गर्दछ।

    नेपालमा बाल मृत्युदर बढाउने प्रमुख रोगका रुपमा देखिएको निमोनिया भाइरस फङगस वा व्याक्टेरियाको जुनसुकै संक्रमणबाट पनि हुन सक्छ। निमोनियाले सबै उमेर समुहका व्यक्तिलाई असर गरेपनि विशेषगरि बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असर गर्ने गरेको छ। पाँच वर्षका मुनिका बच्चालाई बढि देखिने यो रोगले दुई वर्ष मुनिका बच्चाहरुलाई बढी सताउने गरेको पाइन्छ। यो चिसो मौसममा बढी हुने गर्दछ। चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ। तर, सामान्य रुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ। जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन (सुन्निने) हुन्छ।

    निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले हरेक वर्ष आग्रह गर्दै आएको छ। यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ। खोकी लाग्ने, बच्चाहरुले छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा समस्या, छाति तथा कोखा दुख्ने निमोनियाका लक्षणहरु हुन्।

    रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने, तथा पोषणको अभाव, वातावरणीय प्रदुषणका कारण नेपालमा निमोनिया हुने गरेको चिकित्सकहरुको भनाई छ। बालबालिकालाई जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने, पोषिलो खानेकुरा खावाउने, धूवाँधुलोबाट सुरक्षित राख्ने हो भने निमोनियाबाट बचाउन सकिने चिकित्सिको भनाई छ। त्यसका साथै निमोनियबाट बचाउन सफासँग हात धुने, निमोकोकल र इन्फ्लुएन्जा खोपको समेत प्रयोग गर्न सकिने चिकित्सकहरु सुझाव छ। साथै सरकारले बालबालिकालाई दिन सुझाएका सबै खोपहरु दिन चिकित्सकहरुले आग्रह गर्ने गरेका छन्।

    २०२१ को आँकडा अनुसार विश्वभर निमोनियाबाट एक बर्षमा २२ लाखको ज्यान जाने गरेको छ, जसमा ५ लाख बालबालिका रहेका छन् भने एक लाख ५२ हजार नयाँ जन्मिएका बच्चा रहेका छन् ।