१९ वर्षपछि कारागारबाट जेलमुक्त भए चार्ल्स शोभराज - Chaitanya News
  • 2026-04-25
  • 21:38:37
  • शनिबार,बैशाख १२, २०८३
  • १९ वर्षपछि कारागारबाट जेलमुक्त भए चार्ल्स शोभराज

    १९ वर्षपछि कारागारबाट जेलमुक्त भए चार्ल्स शोभराज

    काठमाडौं-  सिरियल किलर चार्ल्स शोभराज केन्द्रीय कारागार सुनधाराबाट आज मुक्त भएका छन्।

    विशेष सुरक्षाका साथ उनलाई आज जेलमुक्त गरिएको छ। उनले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका थिए।

    त्यही आग्रह अनुसार फोटो पनि खिच्न नदिई र मिडियासँग पनि कुराकानी नगरी उनी जेलबाट बाहिरिएका छन्।

    नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो।

    साथै १५ दिनभित्र उनलाई स्वदेश फर्काउन आदेश दिएको थियो तर शोभराजले फ्रान्सबाट आएका आफन्तहरू हायत होटेलमा रहेकाले आफूलाई केही दिन त्यहीँ बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।