माओवादी केन्द्रका महिन्द्र राय र रामकुमार राईले लिए शपथ - Chaitanya News
  • 2026-05-07
  • 09:46:38
  • बिहिबार,बैशाख २४, २०८३
  • माओवादी केन्द्रका महिन्द्र राय र रामकुमार राईले लिए शपथ

    माओवादी केन्द्रका महिन्द्र राय र रामकुमार राईले लिए शपथ

    काठमाडौं –  बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् ।

    शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् ।

    सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली भाषामै शपथ लिएका छन् । बिहीबार ४ जना सांसदले शपथ लिन पाएका थिएनन् । शपथ लिन नपाएकामध्ये दुई सांसदको शपथ अझै बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

    शपथ लिन बाँकी रहेका नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले पारिवारिक शोकमा र नेपाली कांग्रेसकी माया राई सुत्केरी भई अस्पतालमा छिन्। अब उनीहरूलाई आफ्नो अनुकूलतामा शपथ गराउने सचिवालयले जनाएको छ।