आज एकैदिन सुनको मूल्य तोलाम करिब ५ हजार बढ्यो - Chaitanya News
  • 2026-05-27
  • 08:17:14
  • बुधबार,जेठ १३, २०८३
  • आज एकैदिन सुनको मूल्य तोलाम करिब ५ हजार बढ्यो

    आज एकैदिन सुनको मूल्य तोलाम करिब ५ हजार बढ्यो

    काठमाडौं– आज (मंगलबार) एकैदिन सुनको मूल्य तोलामा करिब ५ हजारले बढेको छ।

    अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ।

    अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेको छ। अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ।