सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना - Chaitanya News
  • 2026-09-08
  • 06:47:58
  • मंगलबार,भाद्र २३, २०८३
  • सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना

    सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ।

    सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको उद्घाटन गरेका छन्। सो क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए।

    एआई काउन्सील गठन भएको र एआई नीति आइसकेको अवस्थामा अव नेपाललाई डिजिटल युगको बाटोमा अघि बढेको धारणा राखे।

    मन्त्री खरेलले जने जेड आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टचारमुक्त देश, रोजगारी लगायतका विषयलाई एआईले समेट्ने बताएका छन्।

    उनले सरकारको सारथी र जनताको उद्देश्य प्राप्तका लागि एआईलाई प्रयोग गरिने जिकिर गरेका छन्।