सेयर बजार४.१५ अङ्कले घट्यो, साढे ४ अर्बको कारोबार - Chaitanya News
  • 2026-09-08
  • 06:47:43
  • मंगलबार,भाद्र २३, २०८३
  • सेयर बजार४.१५ अङ्कले घट्यो, साढे ४ अर्बको कारोबार

    सेयर बजार४.१५ अङ्कले घट्यो, साढे ४ अर्बको कारोबार

    काठमाडौँ–साताको दोस्रो दिन आज (सोमबार) सेयर बजार ४.१५ अङ्कले घटेको छ। बजार परिसूचक २५६१.९४ अङ्कमा झरेको हो। बजारमा आज ४ अर्ब ५१ करोडको कारोबार भएको छ।

    बजारमा आज ९१ कम्पनीको मूल्य बढेको छ। १५१ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज बजारमा १३ समूहका सूचकमध्ये ३ समूहको मूल्य बढ्दा १० समूहको सूचक घटेको छ। होटल तथा टुरिजम क्षेत्रमा सबैभन्दा धेरै १.६४ प्रतिशत वृद्धि भएको छ।

    आज बजारमा ६ कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ। उन्नति सहकार्य लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ।

    आज बजारमा एनआरएन इन्फास्ट्रक्चरको सर्वाधिक ४८ करोडको कारोबार भयो।