प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी - Chaitanya News
  • 2026-05-09
  • 21:11:55
  • शनिबार,बैशाख २६, २०८३
  • प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी

    प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी

    काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ। सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ ।

    यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ। कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय छ।

    मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ। निर्वाचनमा भाग लिन्छु भनेर दल दर्ता गर्नेहरूले प्रतिनिधि सभा सदस्यको चुनावमा उम्मेदवार खडा गर्न सक्दछन्।

    निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ।

    मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन मंसिर १ देखि पुस १५ गते सम्म सञ्चालन गर्ने भनिएको छ।

    समानुपातिक निर्वाचन तर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते हुनेछ।

    मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने पुस १५ गते हुनेछ।

    समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने पुस १८ र १९ गते हुनेछ।

    यसमा आयोगले पछि हेरफेर समेत गर्न सक्नेछ।

    निर्वाचन अधिकृतको कार्यालय स्थापना २०८२ माघ २ गते गर्ने भनिएको छ।

    संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाइ स्थापना र संचालन माघ २ गते देखि फागुन ३० गते सम्म गर्ने प्रारम्भिक कार्यतालिका छ।

    निर्वाचन प्रचारप्रसार अवधि फागुन ४ देखि १८ गते सम्म अर्थात् १५ दिन दिने तयारी छ।

    मतपत्र ढुवानी गरि जिल्ला जिल्लामा पुर्याउने फागुन १२ गते भित्र गर्ने, प्रचार प्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि हुनेछ।

    मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।