काठमाडौँ– नौ जना उपसचिवस र १९ जना प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृतस्तरका कर्मचारीहरूको सरुवा भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (सोमबार) विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेका नौ जना उपसचिवहरूको सरुवा गरेको हो।
यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृत र इन्जिनियरहरूको पनि सरुवा गरिएको छ।