काठमाडौँ– मधेश प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पाएका छन् । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार २५ दिनमै पदबाट राजीनामा दिएका थिए।
![]()