विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित विदेशी पक्राउ - Chaitanya News
  • 2026-04-25
  • 19:58:10
  • शनिबार,बैशाख १२, २०८३
  • विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित विदेशी पक्राउ

    विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित विदेशी पक्राउ

    काठमाडौं –  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित केही विदेशी पक्राउ परेका छन् ।

    लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई हिजो पक्राउ गरेको हो ।

    त्रिभुवन विमानस्थलको भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ ।

    पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने ब्युरोको तयारी छ ।