चार्ल्स शोभराज आज कारागारबाट छुट्दै - Chaitanya News
  • 2026-04-25
  • 19:58:43
  • शनिबार,बैशाख १२, २०८३
  • चार्ल्स शोभराज आज कारागारबाट छुट्दै

    चार्ल्स शोभराज आज कारागारबाट छुट्दै

    काठमाडौं – विश्व कुख्यात ‘सिलिरयल किल्लर’ प्राफन्सेली नागरिक चार्ल्स शोभराज आज (शुक्रबार) कारागारबाट रिहा हुँदैछन् ।

    हिजो (बिहीबार) नै कारागारमुक्त हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका शोभराजका वकिल गोपाल शिवाकोटीले जानकारी दिएका छन् ।

    बुधबार सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चबाट फ्रान्सेली नागरिक शोभराजलाई जेलमुक्त गरेर १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश भएको छ । कैद सजाय छुट पाउनु पर्ने भन्दै ०७५ कात्तिकमा शोभराजका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको थियो । सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई जेलमुक्त गर्ने आदेश गरेको हो ।

    शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् । उनीमाथि २० भन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । उनीबाट भएका अधिकांश घटनामा महिला पीडित छन् । सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।

    सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए ।

    सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाए सुनाएको थियो । त्यसपछि उनी ०६० सालमा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सुन्धारास्थित जगन्नाथदेवल कारागारको गोलघरमा राखिएको थियो ।