आजको मौसम: अधिकांश भागमा मौसम सफा रहने - Chaitanya News
  • 2025-11-08
  • 11:45:43
  • शनिबार,कार्तिक २३, २०८२
  • आजको मौसम: अधिकांश भागमा मौसम सफा रहने

    आजको मौसम: अधिकांश भागमा मौसम सफा रहने

    काठमाडौँ– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। यस्तै देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यैिगरी, कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।