‘परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन्’ : सुमना श्रेष्ठ - Chaitanya News
  • 2025-11-08
  • 16:11:53
  • शनिबार,कार्तिक २३, २०८२
  • ‘परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन्’ : सुमना श्रेष्ठ

    ‘परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन्’ : सुमना श्रेष्ठ

    काठमाडौँ– रास्वपा छाडेर वैकल्पिक धार निर्माणको गृहकार्यमा रहेकी सुमना श्रेष्ठले पुराना दलहरू रिफर्म भएर राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मूर्खता भएको बताएकी छन्।

    आज (बिहीवार) सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले राजनैतिक निकास बिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने उनको बताएकी छन् ।

    उनले भनेकी छन्, ‘तर पुराना दलहरू रिफर्म होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मूर्खता हो। पटक पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसकेकाहरू एकजुट हुँदै छन्, चुनावी समीकरण मिलाउनको लागि ।’

    परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न रहेको बताइन्।

    उनले थपेकी छन्, ‘एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ। यस अवस्थामा परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देख्दछु।’

    सबै समूह, वर्ग, क्षेत्र र विशेष गरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि ? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् बनाउन प्रस्ताव राखेकी छन्।

    ‘कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न ?

    उनले भनेकी छन्, ‘हामीलाई अहिले चाहिएको मध्यमार्गी पथमा हिँडेर बजारलाई ठिक्क नियमनमा राखी संवृद्धि ल्याउने सरकार हो । यस्तो जनताको मुद्दा बोक्ने वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात् गर्न सबैले मनन गरौँ।’