स्वास्थ्य मन्त्रालयले गर्यो महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर - Chaitanya News
  • 2026-05-02
  • 14:31:05
  • शनिबार,बैशाख १९, २०८३
  • स्वास्थ्य मन्त्रालयले गर्यो महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

    स्वास्थ्य मन्त्रालयले गर्यो महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ।

    मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्त दुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका आज (बुधबार) साथ मन्त्री स्तरीय निर्णयबाट उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।

    परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।