आजदेखि एक सातासम्म उपत्यकाको फोहोर नउठ्ने - Chaitanya News
  • 2026-04-25
  • 19:58:44
  • शनिबार,बैशाख १२, २०८३
  • आजदेखि एक सातासम्म उपत्यकाको फोहोर नउठ्ने

    आजदेखि एक सातासम्म उपत्यकाको फोहोर नउठ्ने

    काठमाडौं-  काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि एक सातासम्म फोहोर संकलन नहुने भएकाले सोही अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ ।

    महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै राख्न अपिल गरेको हो ।

    शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा रहेको ल्याण्डफिल साइट जाने दुई किलोमिटर सडक मर्मतको काम भइरहेकाले फोहाेरका गाडी नपठाउन भनेपछि महानगरपालिकाले फोहोर संकलनकाे काम रोकेको हो ।

    उपत्यकाका १८ वटै स्थानीय तहको फोहाेर व्यवस्थापनको काम रोकिने भएकाे छ । सडक मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहाेरका गाडी ल्याण्डफिल साइट पुग्ने गरेका थिए ।

    उपत्यकामा हरेक दिन १ हजार २ सय मेट्रिक टन फोहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।निजी कम्पनीहरू र महानगरपालिका गरी दैनिक करिब २ सय गाडीले फोहाेर लैजाने गरेका थिए ।