आजको मौसम: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2025-11-08
  • 16:11:53
  • शनिबार,कार्तिक २३, २०८२
  • आजको मौसम: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

    आजको मौसम: लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ– नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा–हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यसैगरी महाशाखाका अनुसार आज, राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा–हिमपातको सम्भावना रहेको छ।