यस वर्षको अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भ्रमण गरे - Chaitanya News
  • 2026-05-13
  • 07:34:40
  • बुधबार,बैशाख ३०, २०८३
  • यस वर्षको अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भ्रमण गरे

    यस वर्षको अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भ्रमण गरे

    काठमाडौँ– यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ।

    जसअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएको बोर्डले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

    बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन्। अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए। यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए।

    यस्तै, श्रीलंकाबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए।