आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ? - Chaitanya News
  • 2026-05-02
  • 14:31:28
  • शनिबार,बैशाख १९, २०८३
  • आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

    आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

    काठमाडौँ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणता बदली रहने महाशाखाको पूर्वानुमान छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ। यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ।

    भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।