काठमाडौं– जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको ठूलो मात्रामा पोशाक हराएका छन्।
आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख छ। जसमा १ लाख २० हजार ६६१ मिटर प्रहरी पोशाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ।
जसमा ट्राफिक पोशाक, बर्दी, गर्भवती महिलाले लगाउने पोशाकहरु रहेको उल्लेख छ। जसमध्ये कति पोशाक लुटिए, कति जले भन्ने खुल्न नसकेको बताइएको छ।
गायव भएका पोशाकको मूल्यका बारेमा भने प्रतिवेदनमा केही उल्लेख गरिएको छैन।