काठमाडौं– भोलिदेखि सुरु हुने भनिएको नेपाल टी२० लिग अनिश्चितकालका लागि स्थगित भएको छ।
सोही लिगका लागि विदेशी खेलाडीहरुसमेत आइसकेको अवस्थामा श्रम स्वीकृतिलाई लिएर लिग अनिश्चित भएको हो।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले श्रमस्वीकृति लिएर लिग आयोजना गर्न भनेको बताए।
योसँगै पहिलोपटक हुनलागेको नेपाल टी२० लिग अनिश्चित बनेको हो।
यता अनिश्चिततासँगै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले २÷४ दिनमा लिग नभए ७ थ्रि स्पोर्ट्ससँगको सबै सम्झौता तोड्ने बताएका छन्।
क्यानले आफैँले फ्रेन्चाइज लिग गर्ने भनेर यसअघि हुँदै आएका एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिगलाई आयोजनाको स्वीकृति दिएको थिएन।