एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा - Chaitanya News
  • 2026-10-29
  • 05:09:16
  • बुधबार,कार्तिक १२, २०८३
  • एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा

    एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा

    काठमाडौँ– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएको हुन्।

    आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

    उनले आजै राजीनामा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ। उनले बुझाएको राजीनामा आइजिपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ।

    रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए।